बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा झडप हुँदा १ जनाको मृत्यु, ६ जना पक्राउ

शुक्रबार, २० चैत २०७७, १७ : ३९
शुक्रबार, २० चैत २०७७

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदुरको बीचमा झडप भएको छ । झडपमा एकजनाको ज्यान गएको छ । बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले रातोपाटीलाई बताए ।

यातायात काउन्टरमा काम गर्ने युवाहरुको दुई समूहको बीचमा गएराती झडप भएको हो । भेरी नगरपलिका–४ बस्ने २४ वर्षीय सुजन कार्की, नलगाढ–४ बस्ने विशाल रावल र नलगाढ–६ बस्ने विशाल रावल घाइते भएका छन् ।
नरेशको शव बारेकोटको देउला खोलामा भेटिएको छ । हत्यामा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरिएको एसएसपी ठकुरीले बताए । घटनास्थलमा प्रहरी निरिक्षक हेरम्बप्रसाद पाण्डेको नेतृत्वमा टोली खटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप