बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित गायिका अन्जु पन्तको नयाँ गीत बजारमा

शनिबार, २१ चैत २०७७, ०८ : २०
शनिबार, २१ चैत २०७७

चर्चित गायिका अन्जु पन्तले आमाको स्मृतिमा डा. सदानन्द कडेलद्वारा लिखित 'निस्वार्थी माया आमाको' गीत गाएकी छिन् । 

प्रमोद पन्तको सङ्गीत र रिदम कडेल तथा किरण भुसालको एरेन्ज रहेको सो गीतको भिडियो बिहिवार सार्वजनिक गरिएको छ।  इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको भिडियोको निर्देशन सन्जिब पौडेल र  यस गीतका सङ्गीतकार प्रमोद पन्तले गरेका हुन् भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ। 

कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ। 

सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको  हो। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप