शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हराएको सियो (बालकविता)

शनिबार, २१ चैत २०७७, १० : १४
शनिबार, २१ चैत २०७७

 

–रमेशचन्द्र घिमिरे

झुन्डिएको सँगै धागो पनि थियो
कता प¥यो कुन्नि कमिज सिउने सियो

छोटो सुइरोमाथि आँखाजस्तै दुलो
हेर्दाखेरि सानो तर काम ठूलो
लामो पुच्छ«े धागो फलामको मियो
खस्यो कतिबेला जामा सिउने सियो

उध्रिएका लुगा सिलाउँथ्यो यसले
फुस्किएका टाँक मिलाउँथ्यो यसले
खोज्दा पाइएन कसले पायो लियो ?
भेटिएन अझै लुगा सिउने सियो

जब पैतालामा काँडा–छेस्का बिझ्छ
काँडा बनी आफै, आफै काँडा झिक्छ
गुन्द्री चेपमा छ कि गर बाबु चियो
कता प¥यो लौ न नाना सिउने सियो

यसै छोड्नुहुन्न नत्र चस्स घोच्छ
दिन्छु बरु पैसा जसले सियो खोज्छ
यसो भनेपछि भाइले बाल्यो दियो
भेटिएछ बल्ल झोला सिउने सियो ।   
–भोर्लेटार, लमजुङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप