बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लसुनको अत्यधिक सेवनले निम्त्याउँछ यस्ता समस्या

आइतबार, २२ चैत २०७७, ०९ : ०६
आइतबार, २२ चैत २०७७

लसुनले स्वाद बढाउने काम गर्छ । लसुनको सेवनले स्वास्थ्यमा धेरै फाइदा पनि गर्छ । लसुन दैनिक खाने खानामा पनि प्रयोग गर्ने गरिन्छ । तरकारी, खाना, अचार लगायतका खानेकुरामा प्रयोग गरिने लसुनको धेरै सेवनले स्वास्थ्यमा हानी पनि पुग्ने गर्छ । 

स्वाद बढाउन प्रयोग गरिने लसुनको फाइदा मात्र होइन बेफाइदा पनि धेरै छन् । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र अन्य समस्याहरुमा फाइदाजनक हुन्छ ।

यदि लसुनको उपयोग सीमित मात्रामा गरियो भने यो लाभदायक हुन्छ । तर, अधिक मात्रामा सेवन गर्दा लसुनले दुष्प्रभाव पनि देखाउँछ । 

अनुसन्धानका अनुसार लसुनमा हुने एन्जाइमले दागधब्बा र चिलाउने समस्या आउँछ । त्यसैले यसको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ । 

यदि अधिक मात्रामा लसुनको सेवन गरिन्छ भने सास गन्हाउने समस्या आउँछ । 

साथै, अत्यधिक मात्रामा लसुनको सेवन ग्यासको कारण पनि बन्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप