मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका टीकादेखि मिस्टर सुवोधसम्मका बजारमा भित्रिए यस्ता गीत

आइतबार, २२ चैत २०७७, १३ : ०७
आइतबार, २२ चैत २०७७

काठमाडौँ । कोरोनाले देशविदेशका स्टेज कार्यक्रम प्रभावित पारेपनि नयाँ गीतसंगीत बजारमा भित्रिने क्रम यथावत छ । अचेल दैनिक दुईदेखि आधा दर्जनसम्मका गीतसंगीत बाहिर आउने गरेका छन् । केही दिनयता पनि बजारमा थुप्रै गीतसंगीत भित्रिएका छन् । तीमध्ये केही यस्ता रहेका छन् ।

टीकाको ‘फूल फुल्यो केशरी’ 

गायिका टीका प्रसाई र गायक वीरेन्द्र श्रेष्ठको स्वर रहेको डान्सिङ शैलीको गीत ‘फूल फुल्यो केशरी’ सार्वजनिक भएको छ । 
अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोमा किरण मगर, निक्की श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
सुदीप बिस्टको छायाँकन र सम्पादन रहेको भिडियोमा किरण मगरको कोरियोग्राफी र निर्देशन रहेको छ ।

‘भात खाएर हो’

समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो’ सार्वजनिक भएको छ । समीरकै शब्द, संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज गीतमा रहेको छ । 
गीतको भिडियो अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ‘द नेक्ट’को दमदार नृत्य देख्न सकिन्छ । एस स्टडी वर्ल्डले निर्माण गरेको विष्णु नेपालले निर्देशन गरेका हुन् ।
‘फ्याट्टै’

नविन रावल, बादल थापा र स्मीता दाहालको स्वर रहेको ‘फ्याट्टै’ बोलको गीत सार्वजनिक भएको छ । 
नविन रावलको संगीत तथा मिलन विष्टको शब्द रहेको गीतको भिडियोमा राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिवेश गुरुङको अभिनय रहेको छ । 
भिडियोका निर्देशक, कोरियोग्राफर राहुल शाह हुन् । भिडियोमा राहुलले संचालन गर्दै भाईव एण्ड वेभ ग्रुपको नृत्य रहेको छ । गीतमा ट्रयांगल लभ स्टोरी देखाउन खोजिएको छ ।
सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोलाई पवन सुस्लिङगले छायाँंकन गरेका हुन् । 

‘माया साँचेको’

गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकोे छ । भिडियो फिल्मका निर्देशक साकार पन्तले निर्देशन गरेका हुन् ।
पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री बेनीशा हमालको अभिनय देख्न सकिन्छ । अमर रोकाको शब्द र संगीत रहेको भिडियोमा रोमन मानन्धरले खिचेका हुन् । भिडियो गीतको भाव अनुसार उत्कृष्ट बनाउने प्रयास आफुले गरेको निर्देशन पले बताए । भिडियोको छायाँकन धम्पुस आसपास खिचिएको हो । 

‘कान्छी’ 

गायक मिस्टर सुबोधको ‘निलो आकाश’ एल्बममा समावेश ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक मिस्टर सुवोध  र बोनस ब्यान्डका सुवास राईको शब्द तथा कल्याण सिंहले संगीत सुन्न सकिन्छ ।
भिडियोमा लक्ष्मण पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दिपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कंडेलको अभिनय रहेको छ ।
लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द बिष्टले खिचेका हुन् । भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दिपेश चौधरीले गरेका छन् । भिडियोको सम्पुर्ण छायाँकन जापानमा गरिएको छ ।

‘सुहाउँदैन ओठमा हाँसो’

गायिका रानी शाक्य र पुरुषोत्तम न्यौपानेको स्वर रहेको गीत ‘सुहाउँदैन ओठमा हाँसो ’को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
जीवनका विभिन्न आरोह अवरोह समेटिएको गीतमा प्रदिप सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत संयोजन छ । 
नवराज न्यौपानेको छायाँकन, शक्ति प्रज्वल घिमिरेको निर्देशन रहेको भिडियोमा कमल सिंह, गीता ढुंगाना , तेजेन्द्र गौतम र नवराज भट्टराईको अभिनय देख्न सकिन्छ ।

‘नक्कली केटी’

प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । 
ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेक्द्र खोखालीले निर्देशन गरेका हुन् ।
भिडियोमा पोखराकी नीता सुनुवार बोल्ड अवतारमा देखिएकी छन् ।

‘हे सुवा’

गायक संगीतकार संगीत संयोजक दीपकराज बिश्वकर्माको संगीत तथा स्वर रहेको गीत ‘हे सुवा’ सार्वजनिक भएको छ । 
गीतमा रबिना स्वप्निल गिरीको तथा दीपकराजको संगीत छ । गायक दीपक राजकै निर्देशन रहेको भिडियो चक्र बम र मीना शाहीको अभिनय देख्न सकिन्छ ।

‘ऐशेलुको काँडा’ 

गीतकार विश्व गौडेलको शब्द रहेको गीत ‘ऐशेलुको काँडा’ सार्वजनिक भएको छ । ‘नेपाल आइडल सिजन ३’ प्रतियोगी  किरण भुजेलको स्वर रहेको गीतमा शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । 

सुधीर श्रेष्ठ, खतिवडा, प्रिज्मा खतिवडाको अभिनय रहेको गीतको भिडियोमा सुरेन्द्र बस्यालको कोरियोग्राफी, डेमोन क्षेत्री, उषाको नृत्य रहेको छ । 
भिडियोमा बालापनको साथीलाई बर्यौ पछि भेट्दाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप