फिल्म लेखनबाट विश्राम लिने शिवमको घोषणा !
काठमाडौंँ । ठुला तथा सानो पर्दाको फिल्म लेखक शिवम् अधिकारीले लेखनबाट विश्राम लिने भएका छन् । उनले केही समयका लागि लेखनबाट विश्राम लिन लागेका हुन् । जसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकबाट गराएका छन् ।
‘हामी सबैलाई थाहा छ ‘स्क्रिप्ट लेखन आफैमा कठिन विधा हो । मैले पनि यहि कठिन विधा नै रोजे, किन कि म मेहनत गर्न चाहन्थे, संघर्ष र प्रतिस्पर्धाबाट आफुलाई खरो उभ्याउनु थियो, आफुलाई प्रमाणित गर्नु थियो ’उनले अगाडि लेखेका छन् ‘करिअरको १४ बर्षको अन्तरालमा करिब १५० चलचित्र र दर्जनौ टेलिचलचित्रमा आफुलाई उभ्याउँदा उभ्याउँदै पनि यो विधाबाट थाकेको महसुस भै सक्यो । कोभिड १९ को कारण थला परेको यो विषम परिस्थितिमा पनि ४ वटा चलचित्र र २ वटा टेलिचलचित्र लेखनमा निरन्तरता दिइनै रहेको छु ।’
उनले स्क्रिप्ट राइटिङका लागि उपयुक्त वातावरण र आफ्नो मानसिक समस्या मुक्त नभएसम्मका लागि विश्राम लिन लागेको बताएका छन् । उक्त स्टाटसमा उनले फिल्मकर्मीले स्क्रिप्ट लेखनको तथ्यलाई समेत नबुझेको गुनासो गरेका छन् । अधिकारी फिल्मका निर्देशक पनि हुन् । उनले ‘पञ्चायत’, ‘कोपिला’ र ‘सुश्री’ फिल्म निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान