शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साधना लघुवित्तमा रोजगारीको अवसर

आइतबार, २२ चैत २०७७, १४ : ५१
आइतबार, २२ चैत २०७७

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ ।  

लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाइजर÷ बरिष्ठ÷सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरिएको छ ।

चैत १९ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । 

गोरखा नगरपालिका ६ हरमटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप