मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण नपुंसकता !

आइतबार, २२ चैत २०७७, १५ : ४१
आइतबार, २२ चैत २०७७

हालै भएको एक अनुसन्धानमा कोरोना संक्रमणपछि सेक्स हर्मोनको स्तरमा गिरावट आएको पाइएको छ ।

कोरोना संक्रमणका कारण पुरुषको पुरुषत्वमा असर परिरहेको उक्त अनुसन्धानले बताएको छ । नयाँ शोधका अनुसार पुरुषको प्रजनन क्षमतामा ह्रास आएको पाइएको छ । कोरोनाका कारण पुरुषको उत्तेजनामा कमी आउने मामिला पनि देखिएको  छ  ।

डेलिमेलका अनुसार रोम युनिभर्सिटीले कोरोना संक्रमित सय पुरुषमा गरेको सर्वेक्षणमा आश्चर्यलाग्दो नतिजा देखिएको छ । सर्भेमा सम्मिलित पुरुषहरुको औसत आयु ३३ वर्ष रहेको थियो।  शोधमा २८ प्रतिशत पुरुषमा उत्तेजनाको समस्या पाइएको पनि डाक्टरले बताएका छन् ।

यसको अर्थ ती पुरुष नपुसंकता वा आंशिक नपुसंकता (इरेक्टाइल डिस्फङ्सन) तर्फ अघि बढिरहेका छन् । उनीहरु शारीरिक सम्पर्कसमेत गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

वैज्ञानिकका अनुसार कोरोना संक्रमणबाट महिलाको तुलनामा १.७ प्रतिशत अधिक पुरुषको निधन भएको थियो । यति मात्र नभई कोरोना भाइरसले ह्वाइट ब्लड सेलमा असर पुर्याउने भएका कारण रोग प्रतिरोधी क्षमतामा पनि कमी देखिएको छ भने रगत पनि बाक्लो भइरहेको छ ।

शोधका अनुसार रगत बाक्लो भएका कारण पुरुष जनेन्द्रीयको समस्या पनि देखा परिरहेको छ । यसका साथै, एस्ट्रोजोन तथा टेस्टोस्टेरोन  हार्मोन्समा पनि असर परिरहेको छ । टेस्टोस्टेरोनमा असर देखिएका कारण श्वास सम्बन्धी समस्या पनि देखा परिरहेको छ ।

कोरोनाका कारण महिलाहरुमा पनि समस्या देखा परिरहेको छ । टेस्टोस्टेरोन लेभल घटेका कारण महिलाहरुमा मासिक धर्मको समस्या देखा परिरहेको छ । भने समय भन्दा पहिले मेनोपज (रजनोवृत्ति) को पनि खतरा बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप