नेप्से इतिहासकै उच्च विन्दुमा, कारोबार ९ अर्ब नाघ्यो
आइतबार, २२ चैत २०७७, १६ : ५८
काठमाडौं । आइतबार सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । २५४० विन्दुको आफ्नै रेकर्ड ब्रेक गर्दै सेयर बजारले इतिहास कायम गरेको हो । बजार २६५७.६१ अंकमा पुगेर आइतबारको कारोबार बन्द भएको छ । यस दिन ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
७ कम्पनीको मूल्य वृद्धि भएर सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कारोबार भएको निफ्रा अग्रस्थानमा छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी रहेका छन । १३ समूहमध्ये ८ समूहको सूचक वृद्धि भएको छ । निर्जीवन बिमा समूहमा सबैभन्दा बढी बृद्धि देखिन्छ । फाइनान्स, अन्य तथा वाणिज्य बैंक समूह पनि वृद्धि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी