शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा

आइतबार, २२ चैत २०७७, २२ : ४९
आइतबार, २२ चैत २०७७

कञ्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप