बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफूलाई इरा भनेर बोलाउँदा आमिर खानकी छोरीको आपत्तिः भनिन्, ‘मेरो नाम आइरा हो, अब गलत भनेमा पाँच हजार तिर्नुपर्ने’

सोमबार, २३ चैत २०७७, १३ : ४७
सोमबार, २३ चैत २०७७

आमिर खानकी छोरी केही न केही कारणले चर्चामा छाइरहन्छिन् । सुरुमा उनी डिप्रेशनको विषयमा चर्चामा आइन् । यस्तै उनी आफ्नो सम्बन्धबारे पनि चर्चामा छाउने गरेकी छिन् ।

वास्तवमा मानिसहरुले उनलाई ‘इरा’ भनेर लेख्ने र बोल्ने गर्छन् । यसमा उनको आपत्ति छ । यो कुरामा उनका साथीले उनको मजाक उडाउने गरेको उनले बताइन् । त्यसैले उनले सोसल मिडियामा एउटा भिडियो सेयर गरेका छन् जसमा उनले आफ्नो नामलाई कसरी ठिकसँग बोलाउने भनेर सिकाएकी छिन् । उनले आफ्नो नाम इरा नभई आइरा भएको बताएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ira Khan (@khan.ira)

गलत बोल्दा वा लेख्दा ५ हजार तिर्नुपर्नेः

भिडियोमा आइराले भनेकी छिन्, ‘मानिसहरुले मलाई इरा भन्छन् भनेर मेरा साथीहरुले जिस्काउने गर्छन् । मेरो नाम आई–रा हो । अबदेखि जसले मलाई इरा भनेर बोलाउँछ उनीहरुले पाँच हजार रुपैयाँ स्वेर जारमा हाल्नुपर्ने हुन्छ जसलाई म हरेक महिना वा वर्षको अन्त्यमा दान दिनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप