बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

शल्यक्रिया गर्दा चिकित्सकले शरीरभित्र कपडा छाडेको परिवारको आरोप

सोमबार, २३ चैत २०७७, १७ : २२
सोमबार, २३ चैत २०७७

शल्यक्रिया मार्फत प्रसूति गराउँदा अस्पतालका चिकित्सकको लापरबाहीका कारण सोलुखुम्बु सल्लेरी निवासी ३० वर्षीया डोमा घताने विश्वकर्माको ज्यान नै जोखिममा परेको परिवारले आरोप लगाएका छन् । 

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले सोलुस्थित फाप्लु अस्पतालमा गरिएको शल्यक्रियापछि डोमाको ज्यान जोखिममा पारेको भन्दै कारवाहीको गर्न माग गरेका हुन् ।

डोमाका श्रीमान्ले दोषी डाक्टरलाई कारवाही र क्षतिपुर्तिको लागि नेपाल मेडिकलमा मुद्दा दर्ता गराएको जानकारी दिए । उनले भोलि स्वास्थ्य मन्त्रालयमा जाने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप