शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

मङ्गलबार, २४ चैत २०७७, ०५ : ५६
मङ्गलबार, २४ चैत २०७७

वि.सं.२०७७ साल चैत्र २४ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–नवमी,०० घडी ५० पला,बिहान ०६ बजेर ११ मिनेट उप्रान्त दशमी,रातको ०५ बजेर २९ मिनेट उप्रान्त एकादशी । नक्षत्र–श्रवण,५९ घडी १३ पला,रातको ०५ बजेर ३२ मिनेट उप्रान्त धनिष्ठा । योग–सिद्ध,३२ घडी १३ पला,बेलुकी ०६ बजेर ४५ मिनेट उप्रान्त साध्य । करण– गर,बिहान ०६ बजेर ११ मिनेट उप्रान्त वणिज,बेलुकी ०५ बजेर ३८ मिनेट उप्रान्त बव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी २० पला । विश्व खेलकुद दिवस ।

 मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ शैली प्रयोग गरेर गरीने व्यापार व्यावसाय अथवा कुनै कामहरूबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालिएका कामहरु स्वत स्फुर्त तथा सिस्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाडी बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अदालती तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरूको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रुपैया पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाइने  हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी वढी सफलता हात पार्न सकिनेछ । आफुले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप