बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रेश्माले जितिन् ‘ब्युटिसियन ट्यालेन्ट’ चितवनको ताज

मङ्गलबार, २४ चैत २०७७, ०९ : ४८
मङ्गलबार, २४ चैत २०७७

चितवन । ‘ब्युटिसियन ट्यालेण्ट चितवन–२०२१’को उपाधि सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँवरले जितेकी छन् । 

क्रियटिभ ईन्साईट मिडियाले आयोजना गरेको प्रतियोगितामा उनले अन्य प्रतियोगिलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन् । 

प्रतियोगितामा फष्ट रनरअप सौन्दर्यकर्मी शारदा बराल, सेकेण्ड रनरअप शान्ति थापा भए । कार्यक्रममा भियुर्स च्वाइसको उपाधि सुप्रिना लामाले हात पारिन् । 

विजेता सबैले नगद पुरस्कारको अलवा बिभिन्न अवसर उपहारको रुपमा प्राप्त गरे । 

बरिष्ठ सौन्दर्यबिद्ध सोनी कारन्जित, सन्चारकर्मी सुर्य चन्द, समाजसेवी अञ्जु बुढाथोकी लगायत निर्णायक रहको प्रतियोगितामा इभेन्टका म्यानेजर कमल बराल, कोरियोग्राफर मानिस तामाङ, सहायक कोरियोग्राफीमा एलिना गुरुङ थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप