शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर जारी गर्न नदिइने

मङ्गलबार, २४ चैत २०७७, ११ : ४७
मङ्गलबार, २४ चैत २०७७

 

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर जारी गर्न बिमा समितिले रोक लगाउने भएको छ । बीमा समितिले अजोड इन्स्योरेन्सले आईपीओ निकालेको एक वर्ष पनि नभएको हुँदा हकप्रद निष्कासन गर्न नदिने निर्णय गरेको हो ।

समितिका एक अधिकारी यस कम्पनीले आईपीओ निकालेको धेरै समय नभएको तर फेरि हकप्रद के कति कारणले निकाल्न लागेको हो सो को जानकारी आफूहरुलाई नआएको बताएका छन् । यदि त्यस्तो जानकारी आए समिति निष्काशन गर्न नदिने पक्षमा पुगेको छ  ।

अजोड इन्स्योरेन्स संचालनमा आएको तीन वर्ष भएपनि चालु आवमै आईपीओ जारी गरेको थियो । तर यति छोटो समयमा अजोडको बोर्डले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । अजोडमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताको सेयर छ ।

इन्स्योरेन्सको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरिसकेको  छ । साधारणसभामा अजोडले ५० प्रतिशत हकप्रद निष्कासनका प्रस्ताव लैजाने भनिएको छ ।

तर उसलाई हकप्रद निष्काशनको सूचना जारी हुनु एक दिन अघि नै सुचना चुहाएर सेयर मूल्य प्रभावित पारेको आरोप छ । यस विषयमा धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने र पत्ता लागे कारबाही गरिने प्रष्ट पारिसकेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले  छानबिन समिति समेत गठन गरेर छानबिन गरिरहेको जनाएको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप