शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुनै जिनियसमा पाइने यी १४ लक्षण के तपाईंमा पनि छ ?

मङ्गलबार, २४ चैत २०७७, १२ : २१
मङ्गलबार, २४ चैत २०७७

लूडविग भ्यान बिथोभेनले कहिल्यै गुणा–भाग गर्न सिकेनन् । पाब्लो पिकासो वर्णमाला जान्दैनथे, वाल्ट डिज्नी कक्षामा सुत्थे र भर्जिनिया वुल्फलाई त स्कूल प्रवेश गर्न नै रोक लगाइएको थियो जबकी उनका भाइ केम्ब्रिज जान्थे । चार्ल्स डार्विनको स्कूलमा हालत यति खराब हुन्थ्यो कि उनका पिताले उनी परिवारका लागि एक लज्जाको पात्र साबित हुनेसम्म भनिदिएका थिए ।

यीमध्ये हर कोही आजको शैक्षिक मापदण्डसम्म पुग्न सकेका थिएनन् तर पनि उनले कला वा विज्ञानको क्षेत्रमा आफ्नो प्रतिभाका कारण इतिहासमा नाम दर्ता गरे ।

यहाँसम्म कि आजका पनि प्रभावशाली (जिनियस) मानिसहरु जस्तै बिल गेट्स, बब डिलन वा ओप्रा विनफ्रेको पढाई पनि बीचमा नै स्कूल छुटेको थियो तर पनि उनीहरुले आ–आफ्नो क्षेत्रमा सफलता हासिल गरेका छन् ।

अमेरिकन म्यूजिकोलोजीमा प्राध्यापक डा. क्रेग राइट भन्छन्, ‘आइक्यू र शैक्षिक नोट्सलाई अत्यधिक महत्व दिइएको छ ।’

डाक्टर क्रेग राइटले इतिहास र वर्तमानका प्रतिभाशाली व्यक्तिहरुको अध्ययनमा दुई दशकभन्दा बढी सयम बिताएका छन् ।

हालै उनको एउटा किताब प्रकाशित भएको छ, ‘द हिडन ह्याबिट्स अफ जिनियसः बियोन्ड ट्यालेन्ट, आइक्यू एण्ड ग्रिट–अनलकिङ द सिक्रेट्स अफ ग्रेटनेस’ । यो किताबमा उनले १४ यस्ता लक्षणबारे जानकारी दिएका छन् जुन प्रतिभाशाली व्यक्तिमा समान हुन्छ ।

जिनियसको परिभाषाः

प्रतिभाशाली वा जिनियसको परिभाषा भिन्न–भिन्न मानिसहरुका अनुसार परिवर्तन हुन्छ ।

तर डाक्टर राइटलाई सोध्दा उनी भन्छन्, ‘प्रतिभाशाली व्यक्ति असाधारण मानसिक शक्ति भएका व्यक्ति हुन् जसको मूल रचना वा अवधारणा सबै संस्कृति र समयमा समाजलाई राम्रो र नराम्रो बनाउनका लागि केही महत्वपूर्ण तरिकाले परिवर्तन हुन्छ ।’

उनले जिनियसको फर्मूला पनि बनाएका छन्, जुन – G = SxNxD हो ।

यसको अर्थ जिनियस बराबर (=), प्रभाव वा परिवर्तन कति महत्वपूर्ण छ (गुणा) कति मानिस प्रभावित भएका छन् (गुणा) प्रभावको अवधि ।

दोस्रो शब्दमा भन्ने हो भने डाक्टर राइटका अनुसार जसको धेरैभन्दा धेरै मानिसहरुमाथि र लामो समयसम्म सबैभन्दा बढी प्रभाव पर्छ, उनीहरु नै जिनियस हुन् ।

येल युनिभर्सिटीमा वर्षौंदेखि ‘जिनियस कोर्स’ पढाउँदै गर्दा राइटले देखेका छन् कि थुप्रै विद्यार्थी यो कुरामा असहमति जताउँछन् कि पप गायिका लेडी गागा जिनियसको एउटा समकालीन उदाहरण हुन् वा इतिहासमा सबैभन्दा बढी ओलम्पिक मेडल जित्ने खिलाडी जिनियस होइनन् ।

जिनियससँग सम्बन्धित विभिन्न पाटोबारे डाक्टर क्रेग राइट यसो भन्छन्–

रोयल स्पेनिश एकेडेमीको डिक्सनरीमा जिनियसको परिभाषा यस्तो छः नयाँ र सराहनीय चीजलाई बनाउने र आविष्कार गर्नेको असाधारण मानसिक क्षमता ।’ तपाईं यसबारे के सोच्नुहुन्छ ?

मलाई लाग्छ कि यो सिमित परिभाषा हो । यसलाई म भन्छु कि ‘जिनियस हुनुको शक्ति’ किनभने उनीहरुमा जिनियस हुने क्षमता छ तर उनीहरु अहिले नै जिनियस भइसकेका छैनन् ।

यो परिभाषा लेख्ने शिक्षाविद्का अनुसार जिनियस हुनका लागि तपाईंले गर्नुपर्ने कुरा भनेको मूल विचारका लागि आफ्नो दिमाग प्रयोग गर्नु । जसमा रचनाकारले आफ्नो विचार राख्ने पनि समावशे छ ।

तर आफ्नो विचार आफूमा मात्रै सिमित राख्ने विषयमा विवाद हुनसक्छ । यसका लागि म अल्बर्ट आइस्टाइनको त्यो तस्बिर याद दिलाउन चाहन्छु जसमा उनी एक द्वीपमा एक्लै थिए ।

त्यहाँ हुँदा उनलाई थाहा भयो कि E = mc²;  ।  उनले त्यहाँ सामान्य सापेक्षता र अन्य चिजबारे सोच्न सके । तर, यदि उनले आफ्नो विचार कसैलाई नभनेको भए हामीलाई के अल्बर्ट आइन्स्टाइनबारे थाहा हुन्थ्यो ?

शैक्षिक परिभाषा अनुसार आइन्स्टाइन त्यतिबेला पनि जिनियस हुन्थे तर मेरो परिभाषाका अनुसार हुन सक्दैनथे किनभने उनले कसैलाई नभनेको भए उनको विचारले कसैलाई पनि असर पार्ने थिएन ।

यो यस्तो कुरा हो जसले एक दार्शनिक बहस निम्त्याउँछ ।

तपाईंलाई के लाग्छ जिनियसलाई परिभाषित गर्ने कुन तरिका सही होइन ?

जस्तै कि मैले आफ्नो किताबमा बताएको छु कि आइक्यूलाई अत्यधिक महत्व दिइएको छ ।

स्ट्यान्र्डडाइज्ड इन्टेलिजेन्स टेस्ट एक विशेष प्रकारको क्षमता मापन गर्ने तरिका हो जुन धेरैजसो वंशानुगत हुन्छ ।

शताब्दिऔं देखि यी महान व्यक्तिहरुको अध्ययन गरेर तपाईं देख्न सक्नुहुन्छ कि उनीहरु बुद्धिमान थिए तर आवश्यक यो छैन कि उनीहरुले आइक्यू टेस्टमा उच्चतम परिणाम प्राप्त गरेका छन् ।

यसको अर्थ यो हो कि तपाईंले खेलको हिस्सा बन्नका लागि बस औसतभन्दा बढी आइक्यूको आवश्यकता पर्छ ।

तर त्यतिबेला अन्य थुप्रै कारक र प्रेरणाले काम गर्छ जसले कसैलाई महान बन्न र दुनियाँलाई परिवर्तन गर्ने दिशामा लैजान्छन् ।

एक जिनियस बच्चालाई हुर्काउनका लागि वा उनलाई जिनियस बनाउनका लागि मानिसहरुले के गर्नुपर्छ ?

मलाई लाग्छ कि सबैभन्दा महत्वपूर्ण चीज भनेको प्रयास हो तर कडा मिहिनेत गर्नका लागि अरु के चाहिन्छ ?

साँचो भन्नुपर्दा प्रयास आफसे आफमा एक इन्जिन होइन, यो अन्य आन्तरिक प्रेरणाको बाहिरी अभिव्यक्ति हो ।

प्यासन एउटा यस्तो इन्जिन हो जुन कडा मिहिनेतको रुपमा बाहिर आउँछ र यो कुनै चिजका लागि प्रेमदेखि उनको सनकसम्म हुनसक्छ ।

त्यसैले म भन्छु कि प्यासनलाई प्रोत्साहित गर्नु महत्वपूर्ण छ ।

यी महान दिमागबारे मैले अर्को एउटा कुरा देखेको के हो भने जो विद्वान थिए, उनीहरुलाई भिन्न भिन्न क्षेत्रको जानकारी थिए ।

त्यसो भए तपाईं कुन प्रकारका व्यक्ति हुनुहुन्छः जो एक हजार किलोमिटरको दुरी निश्चित गर्छन् वा एक हजार किलोमिटर तल जानुहुन्छ ?

यस्ता धेरैजसो मानिसहरु भिन्न भिन्न चिजलाई एकसाथ हेर्छन् किनभने उनीहरुसँग थुप्रै प्रकारको अनुभव हुन्छ । उनीहरु भिन्न भिन्न चिजलाई जोडेर हेर्न सक्छन् जुन अरुले गर्न सक्दैनन् ।

त्यसैले बालबालिकालाई हुर्काउने क्रममा उनीहरुलाई भिन्न भिन्न अनुभवबाट अवगत गराउने कुरामा महत्व दिनुहोस् । यदि उनीहरुलाई विज्ञान मनपर्छ भने उनीहरुलाई उपन्यास पढ्नका लागि पनि प्रोत्साहित गर्न सक्नुहुन्छ । उनीहरुलाई राजनीतिमा रुची छ भने पेन्ट गराउन पनि सिकाउन सकिन्छ ।

जो आमाबुवाले आफ्नो बच्चालाई सर्वश्रेष्ठ स्विमर र फिजिक्समा नोबेल पुरस्कार बिजेता बनाउनका लागि कुनै एक काममा ध्यान केन्द्रीत गर्न भन्छन् भन उनीहरुले गलत बुझिरहेका छन् ।

जब हामीसँग भिन्न भिन्न अनुभव हुँदैन तब हामी हाम्रो प्यासन के मा छ भनेर थाहा नै पाउँदैनौं ।

डा. क्रेगका अनुसार प्रतिभाशाली व्यक्तिका १४ बानी वा लक्षणः

१. कार्य नीति

२. लचिलोपन

३. मौलिकता

४. एक बच्चाको जस्तै कल्पनाशक्ति

५. अतृप्त जिज्ञासा

६. प्यासन

७. रचनात्मक अव्यवस्था

८. विद्रोह

९. सीमा पार गर्ने सोच

१०. विपरित कार्य वा विपरित सोच

११. तयारी

१२. सनक

१३. शिथिलता

१४. एकाग्रता

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप