बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सदूरपश्चिमका लागि रणनीति बनाउँदै एमालेको खनाल–माधव पक्ष

प्रदेश सरकारका तीन मन्त्रीको उपस्थिति
मङ्गलबार, २४ चैत २०७७, १४ : १९
मङ्गलबार, २४ चैत २०७७


कैलाली । नेकपा एमालेको खनाल–नेपाल पक्षले सुदूरपश्चिम प्रदेशमा संगठन विस्तार एवं कार्यकर्ता परिचालनका लागि सशक्त रणनीति बनाउने भन्दै आन्तरिक छलफल थालेको छ । प्रदेश कमिटी इन्चार्ज डा. भीम रावलको उपस्थितिमा मंगलबार बसेको अनौपचारिक बैठकमा यसबारे छलफल भएको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खडक बमले रातोपाटीलाई जानकारी दिए ।

धनगढी–३ मा रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा बसेको बैठकमा संगठन विस्तार र पुरानो कमिटीलाई बलियो बनाई कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उनले बताए । बैठकले केही एजेण्डा तय गरेको र ती एजेण्डामाथि आजै छलफल गरी भोलिसम्ममा पत्रकार सम्मेलनमार्फत जानकारी गराइने उनको भनाइ छ ।

‘पार्टीको आन्तरिक बैठकमात्र हो, त्यति धेरै छलफल भएको छैन, खाली आन्तरिक कमिटीलाई कसरी अघि बढाउने र जिल्ला तथा वडास्तरका कमिटीलाई एक ढिक्का बनाइ लैजाने विषयमा केही छलफल भएको हो,’ उनले भने ।

बैठकमा १२ प्रदेशसभा सदस्य लगायत प्रदेश सरकारका तीन मन्त्रीको उपस्थिति रहेको उनले जानकारी दिए ।

खनाल–माधव पक्षका जिल्ला सदस्य लोकेन्द्र शाहीले ‘केपी प्रवृत्ति’का विरुद्ध पार्टीभित्रै बसेर संघर्ष गर्ने या अलग पार्टी निर्माण गरेर अघि बढ्ने भन्नेबारे समेत छलफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप