शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

मङ्गलबार, २४ चैत २०७७, १८ : ३५
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा छन् ।

आइतबार मध्यरात आफ्नै घरमा सुतेकी बालिकालाई बलात्कार गरेको परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप