बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बनेपामा दुई महिलाको हत्या आरोपमा ५ जना पक्राउ

मङ्गलबार, २४ चैत २०७७, २० : ३६
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । काभ्रेको बनेपामा सडकमा दिन काट्दै आएका दुईजना महिलाको हत्या भएको छ । हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २२ वर्षीय बिजय तामाङ उर्फ रोशनसहित ५ जना छन् । चारजना बाल–बालिका छन् । आइतबार विहान बनेपा नगरपालिका–८ स्थित बसमा ३५ बर्षीया महिला र बनेपा बसपार्कमा पूर्णकला भन्ने पूजा दमाईको शव भेटिएको थियो ।

बा.२ख २४२७ नम्बरको बसमा ३५ बर्षीया महिला रक्सीले मातेर सुतेको अवस्थामा १७ बर्षीय बालकले जबर्जस्ती करणी गर्छन् । करणी गरेको थाहा पाएर बालकको प्रेमिकाले विवाद गर्छिन् । अनि, चारजना मिलेर बसभित्रै महिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीलाई बताए । 

‘सेक्स विवाद’ खुल्ने डरले उनीहरुले महिलाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महिलाको नाम र ठेगाना खुलेको छैन ।

पूर्णकला भन्ने पूजा दमाईलाई विजयले हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । ‘चोरी गरेको आरोप लगाएको निहुँमा विजयले कुटेर हत्या गरेको देखिन्छ’ ईलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर योगेन्द्र तिमिल्सिनाले भने–‘हत्या आरोपी र दुवै जना मृतक एउटै समूहका हुन, उनीहरु सडकमा बस्थे ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप