शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शरीर र दिमागलाई फिट राख्नुछ भने दैनिक गर्नुहोस् यी पाँच काम

बुधबार, २५ चैत २०७७, १० : ४९
बुधबार, २५ चैत २०७७

हरेक वर्ष ७ अप्रिलमा विश्व स्वास्थ्य दिवस मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य स्वास्थ्यप्रति मानिसहरुलाई जागरुक बनाउनु हो । एक स्वस्थ शरीरका लागि शारीरिक नभई मानसिक रुपमा पनि फिट हुन आवश्यक छ । आफ्नो जीवनशैलीमा यी पाँच कुरा अपनाएर तपाईं आफूलाई पूर्ण रुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

स्वस्थ खानपिनः

स्वस्थ रहनका लागि सबैभन्दा आवश्यक भनेको स्वस्थ खानपिन आवश्यक पर्छ । एकदिनमा कम्तीमा तीन स्वस्थ र पौष्टिक खाना खानुहोस् । बेलुकाको खाना सधैं हल्का खानुहोस् । आफ्नो खानामा धेरै फलफूल समावेश गर्नुहोस् । साग सब्जी, हेल्दी फ्याट र प्रोटिनले भरपुर खानेकुरा आफ्नो खानामा समावेश गर्नुहोस् ।

मिठो निद्राः

स्वस्थ शरीरका लागि मिठो निद्रा निकै आवश्यक छ । जो मानिसहरु राती राम्रोसँग सुत्न सक्दैनन् उनीहरु धेरैजसो कुनै न कुनै रोगबाट ग्रसित हुन्छन् । मिठो निद्राको असर शरीर र दिमाग दुबैमा पर्छ र यसले बिरामी हुने सम्भावना निकै नै हुन्छ । यदि तपाईंलाई राम्रोसँग निद्रा लाग्दैन भने राती कफी पिउनबाट बच्नुहोस् र अबेरसम्म उठ्ने पनि नगर्नुहोस् ।

तनावबाट टाढै रहनुहोस्ः

तनाव लिँदा तौल बढ्नुका सातै विभिन्न प्रकारको मानसिक रोगको खतरा बढ्ने गर्छ । तनाव हटाउनका लागि तपाईं व्यायाम गर्न सक्नुहुन्छ वा बाहिर हिँड्न सक्नुहुन्छ । ब्रिदिङ एक्सरसाइज वा ध्यानले पनि तनाव कम गर्न मद्दत गर्छ ।

व्यायामः

स्वस्थ र फिट रहनका लागि सबैभन्दा आवश्यक चिज भनेको व्यायाम हो । शोधमा पनि यो कुरा पुष्टि भइसकेको छ कि जो मानिसहरु हप्तामा तीन पटक वा सोभन्दा बढी व्यायाम गर्छन् उनीहरु राम्रो र स्वस्थ जीवनयापन गर्छन् । यसका लागि तपाईं नृत्य, योगा, एरोबिक्स र रनिङ पनि गर्न सक्नुहुन्छ ।

मानसिक स्वास्थ्यमा ध्यान दिनुहोस्ः

शरीरका साथै तपाईंले आफ्नो मानसिक स्वास्थ्यमा पनि त्यति नै ध्यान दिनुपर्छ । तपाईं मानसिक रुपमा जति स्वस्थ हुनुहुनेछ, शारीरिक रुपमा त्यति नै फिट हुनुहुनेछ । आफ्नो भावनामाथि तपाईंको निकै राम्रो नियन्त्रण हुन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप