बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीको सेयर मूल्य २५ सय नाघ्यो

बुधबार, २५ चैत २०७७, १६ : १२
बुधबार, २५ चैत २०७७

बुधबार नेप्से परिसूचक २.८५ अंकले घटेर २६७१.६१ विन्दुमा अडिएको छ । माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन लगायतका समूहमा वृद्धि देखिएको छ । सात वटा समुहमा भने गिरावट आएको छ । ७ अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

२७ करोड ६३ लाख रुपैयाँ कारोबारसहित निफ्रा (नेपाल पूर्वाधार बैंक) सबैभन्दा अघि छ । यस्तै, दोस्रो र तेस्रोमा क्रमशः चिलिमे हाइड्रोपावर छिमेक लघुवित्त परेका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । 
महिला लघुवित्त वित्तिय संस्था, चन्द्रागिरी हिल्स र एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य  सबैभन्दा बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार ५ सय ७८ रुपैयाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप