शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आहा रारा गोल्डकप’ प्रतियोगितामा एपीएफलाई हराउँदै संकटा फाइनलमा

बुधबार, २५ चैत २०७७, १९ : ४७
बुधबार, २५ चैत २०७७

पोखरा । ‘आहा रारा गोल्डकप’ प्रतियोगितामा संकटा क्लबले नेपाल एपीएफ क्लबलाई २–० अन्तरले पराजित गरेको छ । पोखरामा जारी १९ औ संस्करणको प्रतियोगिताको क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको संकटाले पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई पराजित गरी फाइनल प्रबेश गरेको हो । 

प्रतियोगितामा संकटाका लागि ३३ औं मिनेटमा सुवास गुरुङले गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता लिएको संकटाका लागि खेलको अन्तिम मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए । 

खेलको अन्तिममा ग्लोरीले गरेको गोलसँग फाइनल प्रबेश गरेको संकटाले उपाधिका लागि बिहिबार हुने अफ्रिकन रूट एसोसिएसन र नेपाल पुलिस क्लबबीचको खेल हुने छ ।

भोलीको प्रतिस्पर्धी अफ्रिकन रूटले मच्छिन्द्र क्लबलाई हराउँदै सेमिफाइनल प्रबेश गरेको थियो । अर्को प्रतिस्पर्धी पुलिस क्लबले थ्री स्टार क्लबलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ ।

यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप