नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले लगाए कोरोना विरुद्धको खोप
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले बुधबार कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना विरुद्धको राष्ट्रव्यापी अभियान अन्तर्गत यो खोप लगाएका हुन । उनीहरुले आज अपरान्ह काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर स्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन् ।
जिल्ला जनस्वास्थ्य काठमाडौंको पहल तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा संचालित खोप कार्यक्रममा आज खोप लगाउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूमा पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दीप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, मोः आरिफ शेख, करण केसी, सुशन भारी, अविनाश बोहोरा, कमल सिंह ऐरी, ललित नारायण राजवंशी, लोकेश बहादुर बम, कुशल मल्ल, सन्दिप जोरा, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोः असिफ शेख, शाहव आलम, पवन शराफ लगायतले चिन सरकारबाट प्राप्त भेरो सेल खोप लगाएका हुन् ।
नेपाल सरकारले १८ देखि ५९ वर्ष उमेर समूहलाई लक्षित गरी चलाएको खोप अभियानमा यस पटक युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको छ । जसमा खास गरी उच्च शिक्षाका लागी चीनका विश्वविद्यालयमा अध्ययन गर्न जाने तथा चीनबाट अध्ययन गरी नेपाल फर्किएका र नेपाल बसोबास गर्नेहरुलाई समेत प्राथमिकतामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई