बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ कास्कीमा ३०५ मत खस्यो, मतगणना आजैबाट

बुधबार, २५ चैत २०७७, १९ : ५४
बुधबार, २५ चैत २०७७

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा मतदान सकिएको छ । बिहान १० बजेदेखि शुरु भएको महासंघको निर्वाचनमा कूल ३१२ मतदाता मध्ये ३०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

मतदान शान्तिपूर्ण तवरले सकिएको छ । मतगणना अहिले ८ बजेदेखि शुरु गर्ने तयारी थालिएको समितिले जनाएको छ । महासंघको २६ औं निर्वाचन देशभर एकै साथ भएको हो । महासंघको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्न लागिएको हो ।

कास्कीसहित गण्डकी प्रदेश र केन्द्रमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी समूहको संयुक्त प्यानल, प्रेस चौतारीको प्यानल र केही स्वतन्त्र उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका छन् ।

महासंघ कास्कीमा गठवन्धनको नेतृत्व बिमला भण्डारी र चौतारीको नेतृत्व केशव शरण लामिछानेले गरेका छन् । 

यस्तै गण्डकीमा गठवन्धनको नेतृत्व नारायण प्रसाद शर्मा र चौतारीको नेतृत्व दीपेन्द्र श्रेष्ठले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप