माओवादीले सोध्यो प्रदेशसभा सदस्य बोहोरालाई २४ घण्टे स्पष्टीकरण
बुधबार, २५ चैत २०७७, २० : ४८
नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित बोहोरालाई माओवादीले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेशसभामा निर्वाचित भए पनि एमाले प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका हुन् ।
यस्तै बोहोरालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै धवलशमशेरले ल्याए छुट्टै राजनीतिक विचार
-
रुपन्देही जिल्ला अदालतमा रवि लामिछाने पक्षका वकिलको बहस जारी
-
बाँकेमा पाटेबाघ मृत भेटियो
-
गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा
-
सामाखुसी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्र, तस्बिरहरु
-
मधेस सरकारले लियो कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता