शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमबाप्पे चम्किँदा बायर्न पराजित

बिहीबार, २६ चैत २०७७, ०९ : ५१
बिहीबार, २६ चैत २०७७

युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्यन म्युनिखलाई उसैको घरेलु मैदानमा ३–२ ले हराएको छ । 

खेलको दोस्रो मिनेटमै एरिक चोपो मोटिङले बार्यनलाई अग्रता दिलाएका थिए । तर, किलियान एमबाप्पेले लगत्तै (तेस्रो मिनेटमा) पीएसजीलाई बराबरीमा फर्काए । २८ औं मिनेटमा मार्किन्होस्ले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । तर, थोमस मुलरले ६० औं मिनेटमा बराबरी गोल फर्काएर घरेलु टोलीको आशा जिवित राखेका थिए । 

६८ औं मिनेटमा एमबाप्पेको गोलसँगै बार्यन ३–२ ले पछि प¥यो । अब दुुई क्लबबीच पीएसजीको मैदानमा दोस्रो साता खेल हुनेछ । यी दुुई क्लब गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका थिए, पोर्चुगलको लिस्बनस्थित रंगशालामा भएको फाइनलमा पीएसजीलाई १–० ले हराएर जर्मन क्लब बार्यनले छैटौंपटक उपाधि जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप