शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ मकवानपुरमा गठबन्धनका उम्मेदवार गौतम विजयी (सूचीसहित)

बिहीबार, २६ चैत २०७७, ११ : ३०
बिहीबार, २६ चैत २०७७

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम नेतृत्वको पदाधिकारीको प्यानल निर्वाचित भएको छ । कुल १ सय ६१ मत खसेकोमा गौतमले १०० मतका साथ विजयी भएका हुन् ।
गौतमका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीतर्फका उम्मेदवार बालकृष्ण अधिकारीले ५६ मत मात्र प्राप्त गर्न सफल भए । 

गौतम प्रेस युनियन र प्रेस सेन्टरको एलायन्सतर्फको लोकतान्त्रिक प्रगतिशील गठबन्धनका उम्मेदवार हुन् ।
त्यस्तै, महासंघको उपाध्यक्ष पदमा गठबन्धन तर्फका उम्मेदवार ध्रुबप्रसाद अधिकारी, महिला उपाध्यक्षतर्फ सरला अधिकारी, खुल्ला सचिवतर्फ शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव समावेशीतर्फ मन्दिरा बानियाँ (मानबी), सह–सचिव खुल्लातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षतर्फ केशव समर्पण सुवेदी निर्वाचित भएका छन् ।

उपाध्यक्ष अधिकारीले ९३ मत प्राप्त गर्दा चौतारीका राजन दाहालले ६५ मत प्राप्त गरे भने महिला उपाध्यक्ष पदकी उम्मेदवार सरला अधिकारीले ८५ हत प्राप्त गर्दा चौतारीकी उम्मेदवार सम्झना रिजालले ७३ मत प्राप्त गरिन् ।
खुल्ला सचिवकी उम्मेदवार विकले ७८ मत प्राप्त गर्दा चौतारीका उम्मेदवार रामशरण दुलालले ७५ मत प्राप्त गरे । समावेशी सह–सचिवमा बानीयाँले सर्वाधिक १ सय ७ मत प्राप्त गर्दा चौतारीका उम्मेदवार रुपक कालिराजले कुल खसेको मतको ४७ मत प्राप्त गरे । खुल्ला सह–सचिव पदमा ३ जनाको उम्मेदवारी परेकोमा गठबन्धनका उम्मेदवार पौडेलले ६८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दीप्रेस मञ्च नेपालका उम्मेदवार राज सापकोटाले ४५ र चौतारीका उम्मेदवार देवराज पन्तले ४३ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदका गठबन्धनका उम्मेदवार सुवेदीले ९९ सय मत प्राप्त गर्दा चौतारीका उम्मेदवार तिलक अधिकारीले ६१ मत प्राप्त गरे ।
यसैगरी, सदस्य महिलातर्फ गठबन्धनकी उम्मेदवार रुपा गुरुङ, सदस्य दलिततर्फ शान्ति सुनार सर्वसम्मत, सदस्य आदिबासी जनजातितर्फ गठबन्धनका उम्मेदवार नवराज वाइबा र सदस्य (मधेशी) तर्फ गठबन्धन उम्मेदवार आदित्य कर्ण निर्वाचित भएका छन् ।
यस्तै, खुल्लातर्फको सदस्यमा गठबन्धनका उम्मेदवार क्रमशः अर्जुन सञ्जेल, प्रदिप अधिकारी, बलराम पुडासैनी, विजय पौडेल र श्रृजना नेपाल निर्वाचित भएका छन् भने चौतारीतर्फका उज्जवल अधिकारी र रेवतीप्रसाद तिमल्सीना (नवीन) विजयी भएका छन् ।

उता प्रदेश परिषद् सदस्य (खुल्ला) तर्फ गणेशदर्पण अधिकारी, विश्वराम अधिकारी (विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल सिवाकोटी, प्रदेश परिषद् महिलातर्फ क्रमशः आरती ढकाल, भावना रिजाल र आदीबासी जनजातितर्फ अमर लामा र अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रदेश परिषद् सदस्य दलिततर्फ कृष्णराम परियार निबिरोध निर्वाचित भएका छन् ।

केन्द्रीय परिषद् सदस्य (खुल्ला)मा भानुभक्त आचार्य र राजन (खुसराज) दाहाल, (महिला) मा नानीमैया विष्ट निर्वाचित भएका छन् भने केन्द्रीय परिषद् सदस्य (आदीबासी जनजाति) तर्फ सुर्वणलाल श्रेष्ठ निबिरोध निर्वाचित भएका छन् ।
मकवानपुरमा विपुलको अग्रता 
यता नेपाल पत्रकार महासंघ केन्दीय समितिको अध्यक्षमा मकवानपुरबाट गठबन्धनका उम्मेदवार ९१ मतका साथ अग्र स्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौतारीकी उम्मेदवार निर्मला शमाले ५६ मत प्राप्त गरेकी छिन् । अध्यक्ष पदका उम्मेदवार गजेन्द्र सिंह बुढाथोकीले २ र राम प्रसाद दाहालले ४ मत प्राप्त गरेका छन् ।

बरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ९२ मत प्राप्त गर्दा माधब नेपालले ५५ र रामजी दाहालले ७ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा दाना के.सीले ५२ र बाला अधिकारीले ९७ मत प्राप्त गरेका छन् । उपाध्यक्ष समावेशीतर्फ अवधेश झा ५७, उदय जीएम ८३ रमोहन कुमार सिंहले ५ मत प्राप्त गरेका छन् ।

महासचिब पदमा रोशन पुरीले ८७, बालकृष्ण बस्नेतले ५३ र सुवोध गौतमले ७ मत प्राप्त गरेका छन् ।
मकवानपुरमा कुल १ सय ६४ मतदाता मध्ये १ सय ६१ जना मतदानमा सहभागि भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप