बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ कास्कीमा महिलाको नेतृत्व, कुन पदमा को-को विजयी ?

बिहीबार, २६ चैत २०७७, ११ : ५१
बिहीबार, २६ चैत २०७७

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी केशव शरण लामिछानेलाई पराजित गरेकी हुन् । भण्डारी १ सय ७४ मत पाएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी लामिछानेले १ सय २१ मत पाएका छन्। भण्डारीले प्रतिस्पर्धी लामिछानेलाई ५३ मतान्तरले पराजित गरेकी हुन् । 

निर्वाचित भण्डारी संयुक्त प्यानलबाट उमेदवार बनेकी थिइन् । उनी यस अघि नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष थिइन् । कास्कीमा ३१२ मतदाता मध्ये ३०५ जनाले मतदान गरेका थिए ।

 त्यसैगरी उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाले १७२ मत ल्याएर विजयी भएका छन् । उनले प्रेस चौतारीका अर्जुन गिरीलाई ५० मतान्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा (१५१) मत ल्याएर निर्वाचित भएकी छन् ।

त्यस्तै सचिवमा माधव बराल (१५५), सहसचिव समावेशीमा रेम बिक (१६८), सहसचिवमा श्रीराम सिग्देल (१७७),कोषाध्यक्षमा कृष्ण दवाडी (१७७),महिला सदस्यमा सपना अधिकारी (१४८),दलित सदस्यमा बिजय नेपाली (१५६),आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ (१५७),समावेशी सदस्यमा जैनव खातुन (१८३) र खुल्ला सदस्यमा कन्चन थापाले १३० मत पाएर विजयी भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा गीताराना मगर (१२९), धनबहादुर गुरुङ (१५२),प्रभु अधिकारी (१२८), शिवराज बस्ताकोटी (१२८),सन्तोष बस्याल (१२४), सन्तोष सुवेदी (१२९), युवराज गुरुङ(१३१) र हरी पन्त (१३५)  मत पाएर विजयी भएका छन् । 

त्यस्तै आदिवासी जनजाति तर्फको राष्ट्रिय परिषद् सदस्यमा राज बहादुर गुरुङले १६३ मत पाएर विजयी भएका छन् ।

त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा आरजु बिष्ट सल्यानी (१२६),कमल पौडेल अथक (१५०), गंगाधर पराजुली (१२६) र श्यामनाथ कुवरले १४२ मत पाएर विजयी भएका छन् ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप