शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूगान्डाकी गायिका वियोन्ससँग नयाँ गीत गाउँदै मदनकृष्ण

बिहीबार, २६ चैत २०७७, १३ : ००
बिहीबार, २६ चैत २०७७

काठमाडौंँ । ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी  यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग बरिष्ठ अभिनेता मदनकृण श्रेष्ठले नयाँ गीत गाउने भएका छन् । श्रेष्ठले बिहिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै वियोन्ससँग नयाँ गीत गाउने तयारी गरेको जानकारी दिएका हुन् ।

‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस गरिएको छ’ श्रेष्ठले अगाडि लेखेका छन् ‘अब वियोन्स र म मिलेर अर्काे एउटा युगल गीत गाउने तरखरमा छौं ।’
श्रेष्ठले वियोन्स तरुनीसँग आफ्नो स्वर मेल खाला कि नखाला भनेर समेत चिन्ता गरेका छन् ।

यो गीतको पहिलो भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज शिवाकोटीको रहेको थियो ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप