शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार ३ जना पक्राउ

बिहीबार, २६ चैत २०७७, १६ : १७
बिहीबार, २६ चैत २०७७

काठमाडौं । बलात्कार र बलात्कार प्रयास गरेको मुद्दाका फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपािलका–१५ रानी घर भएका ४० वर्षीय दिनेश शाह, कटहरी गाउँपालिका–१ घर भएका अवधेश राय र गणेश दास छन् ।

जिल्ला अदालत मोरङले ०६८ मंसिरमा दिनेश शाहलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको छ । उनलाई प्रहरीले विराटनगर–१५ ढाटबाट पक्रेर अदालत बुझाएको छ । अवधेश र गणेशले चैत १६ मा कटहरी गाउँपालिका–१ मा एकजना महिलालाई बलात्कार प्रयास गरेर भागेका थिए । उनीहरुलाई धनकुटाको भेडेटारबाट पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको जिप्रका मोरङका प्रवक्ता (डिएसपी) मानबहादुर राईले रातोपाटीलाई बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप