मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

बिहीबार, २६ चैत २०७७, २१ : ४०
बिहीबार, २६ चैत २०७७

पोखरा । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ३० शिशुवा चोकमा बिहीबार तीन वटा सवारी साधन आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।
बेगनास तालबाट आउँदै गरे
को ग १ ज २२५८ नं को ट्याक्सीले ग १२ प ४७०७ नं को स्कुटरलाई ठक्कर दिँदा विपरीत दिशातर्फ जाँदै गरेको ग १ त ४३०४ नं को ट्याक्टरमा ठक्कर खाँदा स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिशुवार चोकमा भएको सवारी दुर्घटनामा पोखरा ३१ भञ्ज्याङका ६५ वर्षीय सोमराज सापकोटाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
दुर्घटनामा परी गम्भीर घाइते भएका सापकोटाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक सिलवालले बताए ।

प्रहरीले ट्याक्टर र ट्याक्सीका चालकसहित तीन वटै सवारीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप