बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शनिवार पनि आरटिजिएस प्रणाली सुचारु रहने, बैंकको विदा नहुने

शुक्रबार, २७ चैत २०७७, १४ : ५१
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । चैत २८ गते शनिवार पनि आरटिजिएस प्रणाली सुचारु रहने भएको छ । भुक्तानी प्रणाली विभागले शनिबार (चैत २८) र आइतबार (चैत २९) नर्मल बिजनेस डे सञ्चालन हुने जनाएको छ ।  चेक क्लियरिङमा हुने ढिलाई अन्त गर्दै राष्ट्र बैंकले २०७६ भदौ २५ गतेदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजिएस) प्रणाली लागू गरेको थियो । यो प्रणाली लागू भएसँगै कारोबार भएको वास्तविक समयमै चेकमार्फत जम्मा भएको रकम तुरुन्तै खातामा आउन थालेको छ ।

राष्ट्र बैंकले यसअघि नै राजस्व संकलनका लागि सम्पूर्ण बैकिङ कार्यालय खुला रहने जनाएको छ । असोज, पुस, चैत र असार महिनाको २५ गतेपछि शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परेपनि बैंकको काउन्टर खुला गर्दै आएको छ । यी महिना राजस्व संकलन हुने महिना हो । महिनाको अन्तमा अझ बढी राजस्व संकलनको चाप पर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप