शनिवार पनि आरटिजिएस प्रणाली सुचारु रहने, बैंकको विदा नहुने
शुक्रबार, २७ चैत २०७७, १४ : ५१
काठमाडौं । चैत २८ गते शनिवार पनि आरटिजिएस प्रणाली सुचारु रहने भएको छ । भुक्तानी प्रणाली विभागले शनिबार (चैत २८) र आइतबार (चैत २९) नर्मल बिजनेस डे सञ्चालन हुने जनाएको छ । चेक क्लियरिङमा हुने ढिलाई अन्त गर्दै राष्ट्र बैंकले २०७६ भदौ २५ गतेदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजिएस) प्रणाली लागू गरेको थियो । यो प्रणाली लागू भएसँगै कारोबार भएको वास्तविक समयमै चेकमार्फत जम्मा भएको रकम तुरुन्तै खातामा आउन थालेको छ ।
राष्ट्र बैंकले यसअघि नै राजस्व संकलनका लागि सम्पूर्ण बैकिङ कार्यालय खुला रहने जनाएको छ । असोज, पुस, चैत र असार महिनाको २५ गतेपछि शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परेपनि बैंकको काउन्टर खुला गर्दै आएको छ । यी महिना राजस्व संकलन हुने महिना हो । महिनाको अन्तमा अझ बढी राजस्व संकलनको चाप पर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण