यो रेडियो मंगल हो, सुन्नुहोस् मंगल ग्रहको मौसम सम्बन्धी जानकारी
अमेरिकी स्पेस एजेन्सी नासाको पर्सभरेन्स (PERSEVERANCE ) रोभरले पहिलो पटक मंगल ग्रहको मौसम सम्बन्धी जानकारी दिएको छ ।
मंगल ग्रहको जेजेरो क्रेटरमा ओर्लिएको यस रोभरले दिएको जानकारी अनुसार त्यहाँको रातीको तापक्रम माइनस डिग्रीमा पुग्छ। रोभरमा जडान गरिएको 'मार्स एनभारोन्मेन्टल डायनामिक एनलाइजर' (MEDA -मेडा ) प्रणालीले त्यहाँको मौसम सम्बन्धी अध्ययन गर्छ ।
रोभरले पठाएको डाटा अनुसार यस प्रणालीलाई सक्रिय गर्नुभन्दा अघि मंगल ग्रहको तापक्रम माइनस 20 डिग्री सेन्टिग्रेड रहेको थियो । ३० मिनटमै त्यहाँको तापमान माइनस २५ डिग्री हुन पुग्यो । यस प्रविधि 'मेडा' लाई धूलोको स्तर र ६ वटा वायुमण्डलीय स्थितिलाई रेकर्ड गर्न ६ किसिमका ' एनभारोन्मेन्टल र सेन्सर्स' का साथ डिजाइन गरिएको छ ।
यी सेन्सर्समा सतहमा रहेको कुनै पनि विकिरणको अनुसन्धान गर्नसक्ने क्षमता रहेको छ। 'मेडा' का मुख्य परिकल्पनाकार जोस एन्टोनियो रोड्रिग्ज मैनफ्रेडीका अनुसार सेन्सर्सबाट प्राप्त भएको डाटा अध्ययनले भविष्यमा हुने मानव मंगल मिसनमा ठूलो मदद पुग्छ । उनले भने, 'हामी यसबाट प्राप्त हुने डाटाको व्यग्रता साथ प्रतीक्षा गरिरहेका थियौं। हाम्रो उपकरण सुरक्षित तवरले मंगल ग्रहमा ओर्लेको छ र अब यसले डाटा पठाउने काम प्रारम्भ गरेको छ ।'
मैड्रिडको 'इन्स्टिट्यूटो नेशनल डी टेक्निका एयरोस्पेसियल' को 'सेन्ट्रो डी ऐस्ट्रोबिओलिया' सँग आबद्ध जोस एन्टोनियो रोड्रिग्ज मैनफ्रेडी 'मेडा' बाट प्राप्त डाटाबाट अति प्रसन्न छन् । उनका अनुसार सिस्टमले राम्ररी काम गरिरहेको छ। यसले मौसम सम्बन्धी डाटा र चित्र पठाईरहेको छ ।
'मेडा' लाई प्रिजरभेन्स रोभरको पाखुरामा जडान गरिएको छ । ५ किलोग्राम तौल भएको यस उपकरणले हवाको गति र दिशा, दबाब, सापेक्षिक आद्रता, वायुको तापक्रम, सतहको तापक्रम र सूर्य एवं अन्तरिक्षबाट आउने विकिरण मापन गर्न सकिन्छ ।
यो सिस्टम प्रत्येक घण्टा रोभरबाट बाहिर आएर तापक्रम एवं मौसम सम्बन्धी डाटा रेकर्ड गरेर रोभरभित्र पसेर 'स्लिपिङ मोड' मा बस्छ। 'मेडा' मा जडान रहेको दबाब सम्बन्धी सेन्सर्सले त्यहाँ वायुको दवाब ७१८ पास्कल रहेको डाटा पठाएको थियो । त्यस समय पृथ्वीका वैज्ञानिकले मंगल ग्रहको मोडलको आधारमा त्यहाँ वायुको दबाब ७०५ देखि ७३५ पास्कल हुने अनुमान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...