शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यालय सचिवलाई कोरोना संक्रमण, काठमाडौं महानगरको १३ नम्बर वडा बन्द

शुक्रबार, २७ चैत २०७७, १६ : ०८
शुक्रबार, २७ चैत २०७७

काठमाडौं महानगरपालिका वडा नंबर १३ का कार्यालय सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।  कार्यालयका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा बस्न भनिएको र पाँच दिनपछि स्वास्थ्य परीक्षण गरेर मात्र कार्यालय फर्कने व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रातोपाटीलाई जानकारी दिए । 

उनले भने–‘१३ नम्बरका वडाका सचिवलाई कोरोना संक्रमण भएपछि उपचार भइरहेको छ । सबैभन्दा ठूलो स्वास्थ्य भएकोले कार्यालय बन्द गरेर कार्यालयका सबै कर्मचारीलाई पाँच दिनपछि स्वास्थ्य परिक्षण गरेर नेगेटिभ रिपोर्ट भएकालाई कार्यालय आउने व्यवस्था गरिएको छ ।’

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि महानगरका जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेर सेवाग्राहीलाई सेवा दिने उनले बताए । पछिल्लो समय कोरोनाबारे सबै जनता जागरुक र सचेत भएकोले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महानगरको छुट्टै कार्यक्रम नभएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप