मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसीका सिईओ रोशन न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ र एजीएम रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ प्रदान

शुक्रबार, २७ चैत २०७७, १६ : २८
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित भएका छन् । 

नेपाल सरकार मन्त्रिपरिषद्को गत वर्षको निर्णयबाट सिफारिस भएअनुसार राष्ट्रपतिबाट उक्त सम्मान प्रदान गरिएको हो । २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएको भए पनि कोरोना महामारीका कारण उक्त विभूषण आज राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहका बीच प्रदान गरिएको हो । 

यसैगरी, सोही समारोहका बीच राष्ट्रपति भण्डारीले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप