शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगटी हाइड्रोको आइपिओ बाँडफाँड

शुक्रबार, २७ चैत २०७७, १६ : ५१
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको कुल २६ लाख ९७ हजार कित्ता आइपिओ शुक्रबार बाँडफाँड गरेको हो । शुक्रबार बिहान गोलाप्रथाबाट भएको सेयर बाँडफाँडमा कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । 

चैत ६ गतेदेखि ९ गतेसम्म खुल्ला गरिएको कम्पनीको आइपिओका लागि कुल १५ लाख ६५ हजार ५ सय ३० जनाले दिएको आवेदन दिएका थिए । जसमध्ये५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको र बाँकी योग्य कायम भएका १५ लाख ५९ हजार ८ सय २ आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । 


जसबाट १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरुको हात खालि हुन पुगेको छ ।  आइपिओको नतिजा मेरोशेयर, सिडीएसको आइपिओ वेबसाइट, बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र कम्पनीको आधिकारिक वेबसाइटबाट समेत हेर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप