बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको पुनरसंरचना गरिन्छ: मन्त्री गुरुङ

शुक्रबार, २७ चैत २०७७, १७ : ५०
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताएका छन् । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने बताए । त्यसका लागि आफू तयार रहेको पनि बताए ।

मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढङ्गले नेपाल टेलिकमको रुपान्तरण गर्ने प्रस्ताव ल्याउन कर्मचारीहरुलाई निर्देशन पनि दिए । टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकाले त्यसबाट आफ्नो अधिकार खोसिन लाग्यो भनेर नआत्तिन पनि कर्मचारीहरुलाई आग्रह गरे । कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि स्पष्ट पारे ।

टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । पार्टीगत रुपमा राजनीति गर्ने भन्दा समग्रमा टेलिकमको हितमा सोच्न पनि आग्रह गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप