शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुम पूर्वमा भएन पत्रकार महासंघको चुनाव

शुक्रबार, २७ चैत २०७७, १९ : ०९
शुक्रबार, २७ चैत २०७७

पत्रकार महासंघको  चुनाव नहुने एक मात्र रुकुम पूर्व बनेको  छ  ।  २०७३  सालमा  ७  औं जिल्ला  अधिवेशन हुँदा  साविकको रुकुम जिल्लाबाट  पत्रकारिता गर्ने  जम्मा  ४  जना  पत्रकार  थिए  रुकुम  पश्चिमका  पुराना  पत्रकार  हरि गौतम  भन्छन्  २०७४  सालमा  जिल्ला  छुट्टिँदा  पनि अवस्था  उस्तै  थियो  । 

शाखा  स्थापनाका  लागि  १९  जना  नयाँ सदस्यता  थप  भएर  आयो  तर  अहिलेको  अधिवेशनको  समय  तालिका  नजिक  आइ सकेकाले  त्यहाँ शाखा  गठन  हुन  नसक्दा पश्चिम रुकुमको  शाखामा  आएर  मतदान  गरे।

उक्त शाखामा  एमालेको केपी ओली  समूह  ,  प्रेस  सेन्टर  र  युनियनसहित  चुनावी प्रतिस्पर्धा भएको थियो । प्रेस युनियनका  लक्ष्मण केसीले ६० मत  प्राप्त  गरि  अध्यक्षमा  विजयी  हासिल  गरे  तर  उनका प्रत्यासी   प्रेस  सेन्टरका  हरि  गौतमले  ४७  मत ल्याए  ।  

जबकी  उनकै  सङ्गठनका  खुल्ला  उपाध्यक्ष पदमा उठेका गोपाल  रेग्मीले  ५९ मत  ल्याएर  विजयी  भए  । महिला उपाध्यक्षमा  पनि  प्रेस  सेन्टरकै  सिजन  बाठा  मगर,  सचिवमा ओली  निकट हिरा  परियार  विजयी  भए  ।

सहसचिवमा  प्रेस  सेन्टरका  नारायण ओली,  समावेशी सचिवमा  पनि  सेन्टर  कै  पवित्रा  खड्का र  कोषाध्यक्ष पनि  प्रेस  सेन्टर कै  ज्ञयानु  गौतम विजयी भएका थिए ।  अध्यक्ष र  सचिव  बाहेक  पुरै  सेन्टरको प्यानलले जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप