शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० वर्ष कैद तोकिएका फरार अभियुक्त कारागार चलान

शुक्रबार, २७ चैत २०७७, १९ : २२
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । मानव बेचविखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले झापा घर भएका जगतबहादुर राईतर्फ राजनलाई पक्राउ गरेको हो ।

झापाको कन्काई नगरपालिका–५ घर भएका जगतबहादुर काठमाडौंको जोरपाटी बस्थे । बिहीबार उनलाई तिलगंगाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । मानव बेचविखन तथा संगठित अपराध मुद्दामा उनलाई उच्च अदालत पाटनले ०७६ चैतमा १० बर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो  । फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालको आदेशले डिल्लीबजार कारागारमा पठाइएको डीआईजी थापाले बताए ।

प्रतिवादीले ०७३ फागुनमा बिना श्रम स्वीकृति खाडी मुलुक ओमानमा घरेलु कामदार पठाउँछु भनेर युनाइटेड अरब इमिरेट्स र ओमानको सीमावर्ती क्षेत्रमा अलपत्र पारेका थिए । दूतावासको सहयोगमा पीडितको उद्दार गरेर केन्द्रीय अनुसन्धान ब्यूरोले जगतबहादुर विरुद्ध मुद्दा चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप