शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिशहोम ‘खुशीको उडान’: बैंककको भ्रमणको अवसर

शुक्रबार, २७ चैत २०७७, १९ : ३०
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । 

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् ।

लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टपअप गरेको हुनुपर्दछ । साथै ई–वालेट एप्स र रिचार्ज कार्डहरूबाट रिचार्ज गरेर पनि ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकहरुले बार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । 

डिशहोम लक्की ड्रको पहिलो लक्की ड्र डिशहोमको रियालिटी टीभी, रमाइलो टीभी, सरोकार टीभी र डिशहोम सोकेस च्यानलहरूमा भएको छ । जसमा ०२५५८१३३९६०, ०२५१९२५०८८५ नम्बरका विजेताहरूको घोषण भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप