बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा राजेशनाथ गंगोल नियुक्त

शुक्रबार, २७ चैत २०७७, १९ : ३५
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा शुक्रबार उपकुलपति नियुक्त गरेका हुन ।

यसअघि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्रीलाई नियुक्त गरिसकेको छ । सर्च कमिटीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा दुई नम्बरमा प्रा.डा. दानबहादुर कार्की र तीन नम्बरमा प्रा.डा. अनिलकुमार मिश्रको नाम सिफारिस गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप