बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकार बनाउन विदेशी शक्तिहरुले जुट मिलाउन खोजेका छन्  : चित्रबहादुर केसी

शुक्रबार, २७ चैत २०७७, २० : २५
शुक्रबार, २७ चैत २०७७

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनुपर्ने बताएका छन् । उनले विदेशी शक्तिहरुले  सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझैसम्म नमिल्दा  अलमल भएको बताएका छन् ।

आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘बाह्य शक्तिहरुले दलहरूको जुट मिलाउन खोजेका छन् । त्यो मिलिरहेको छैन ।’ उनले विदेशीहरु आफ्नो स्वार्थ अुनसार चलाउनको लागि दलहरु विरालोले मुसो खेलाए जस्तै खेलाएको बताए ।

पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने खेल भइरहेको भन्दै त्यो रोक्नको लागि वामपन्थीहरूको सरकार फेरी बन्नुपर्ने बताए । उनले भने, ' ओली हटाएर फेरी वामपन्थीहरूको सरकार बन्नुपर्छ त्यसको लागि वामपन्थीहरूको विच कार्यगत एकता अथवा अन्य सहकार्य हुनुपर्छ ।'

उनले जनताले दिएको म्यान्डेट अनुसार २०÷२२ महिला पहिले नै निर्वाचनमा जानु गलत भएको बताए । मुलुकमा वामपन्थीहरूको बहुमत हुँदाहुँदै कम्युनिष्टहरुले कुर्सीका लागि झगडा गर्दा मुलुक अहिलेको अवस्थासम्म आइपुगेको बताए ।

केसीले संसद खरिद विक्री गर्ने खेल भइरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई विजनेश नदिएर काम विहिन बनाएको आरोप लगाए । उनले भने भने,  'पहिला एक ठाउँमा  खरिद विक्री हुने थियो अहिले ८ ठाउँमा खरिद विक्री भएको छ ।'

जनमोर्चाको यही चैत्र २४ गतेदेखि २६ गतेसम्म भएको राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणा पत्रमा संघीयता खारेजीको मागलाई प्राथमिकताका साथ राखिएको छ ।

संघीयताकै कारण मुलुकको राजनैतिक अवस्था अहिलेको स्थितिमा आइपुगेको बताउँदै  संघीयता खारेजको ​ माग दोहोराए ।

भेलाले गणतन्त्रवादी शासकहरुको  गलत नीतिका कारण वर्तमान व्यवस्थाप्रति जनताको असन्तुष्टि बढ्नुका साथै गणतन्त्रका बिरुद्ध देशमा जनमत निर्माण भएको राष्ट्रिय जनमोर्चाको सम्मेलनले ठहर गरेको उनले  बताए ।

राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ । ३७ सदस्य पूर्ण र १० बैकल्पिक सदस्य रहेको राष्ट्रिय जनमोर्चाको सम्मेलन केन्द्रिय समिति गठन गरेको छ । जसको कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, समिव हिमलाल पुरी  र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित  भएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप