शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जो साहुलाई ऋण तिर्ने नसकेर देशै छोड्न बाध्य भए

शनिबार, २८ चैत २०७७, ०७ : ४७
शनिबार, २८ चैत २०७७

जाजरकोटको  भेरी  नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा   बढी   दलित   परिवार   साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई  घरबारी  बुझाई  सपरिवार  भारतमा विस्थापित भएका छन् ।
आफ्नो  खेतबारीमा  उत्पादन  भएको   खाद्यान्नले   वर्षको   तीन   महिना पनि खान नपुग्ने सो गाउँका कैयौँ   दलित   समुदायले   दैनिक   गुजारा   चलाउन   साहुबाट   ऋण   लिनेगरेको र सो रकम तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।
कट्टी    गाउँका        १२५    घरधुरीमध्ये  साहुबाट  लिएको  ऋण  तिर्न  नसक्दा  सो  गाउँका  वीरमान  विक,   धर्मबहादुर   विक,   केशव   विक,   कर्णबहादुर   विकलगायत   अन्य     स्थानीयवासी     भारतमा     विस्थापित भएको बताइएको छ । आफ्नो नाममा भएको     जग्गालाई  साहुकै  नाममा  नामसारी  गरेर उनीहरू परिवारसहित     भारततर्फ गएका छन् । 
उनीहरूसँगै गाउँको  जनज्योति  आधारभूत  विद्यालयमा  विभिन्न    कक्षामा    अध्ययनरत    बालबालिकासमेत विद्यालयको पढाइ  छोडेर  अभिभावकसँगै  भारत  जानुपरेको   दलित   अधिकारकर्मी   पार्वती विकले बताइन् । गोरखापत्रमा खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप