शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डाँका मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

शनिबार, २८ चैत २०७७, १० : ०६
शनिबार, २८ चैत २०७७

डाँका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । 

कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

 पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । 

नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए ।  प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका बारदातमा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप