शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि, १६ जिल्लाको मतपरिणाम आउन बाँकी

शनिबार, २८ चैत २०७७, १२ : १७
शनिबार, २८ चैत २०७७

नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मत परिणाम आउने क्रम जारी छ । 
निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ । 

बुधबार रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उनले जानकारी दिए । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चार ग्राममा अहिले काठमाडौ जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि रहेको छ । पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए ।  पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए । 

सिलवालले विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाई भएको बताए । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप