नयाँ सरकार गठनको चाबी बोकेको जसपाको बैठक कहिले ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बैठक तत्काल नबस्ने देखिएको छ । नयाँ सरकार गठनको चाबी बोकेको जसपाले तत्काल बैठक राखेर निर्णय नलिने भएको हो ।
जसपा वरिष्ठ नेता राजेन्द्र महतोले रातोपाटीसँग भने, ‘अहिले सत्ताको बारेमा जसपामा एजेण्डा नै छैन । मुद्दाको विषयमा मात्र कुराकानी भइरहेको छ । सत्ता समीकरणका विषयमा हामीलाई केही निर्णय लिन हतार छैन । आवश्यकता अनुसार बैठक बस्छ ।’
उनले बैठक कहिले बस्छ भन्ने केही टुंगो नलागेको बताए । ‘पार्टीमा समायोजनको कामका लागि बैठक नबस्ने भन्ने कुरा छैन । बैठक बस्ला । तर सरकारले हाम्रो माग सम्बोधनका विषयमा प्रक्रिया अगाडि बढाएको छ । सत्ता समीकरणका विषयमा तत्काल बैठक बसेर निर्णय गरिहाल्नुपर्ने त्यस्तो के परेको छ र ?’ उनले भने ।
यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आन्तरिक छलफल भए पनि बैठकको टुंगो नलागेको बताए । रातोपाटीसँग यादवले भने, ‘पार्टीभित्र सरसल्लाह हुँदैछ । बैठकको कहिले बस्ने तय भएको छैन । चाँडै बैठक बस्ने कुरा छ ।’
शुक्रबार काँग्रेस–माओवादी केन्द्र र जसपाको संयुक्त छलफलमा सत्ता समीकरणबारे जसपाले समय मागेको थियो । आफ्नो निवासमा भएको तीन दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेपछि पार्टीमा छलफल गरेर निर्णय दिने जसपाको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै