शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकारको विकल्प खोज्नेबारे काँग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

शनिबार, २८ चैत २०७७, १२ : ५८
शनिबार, २८ चैत २०७७

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज राजधानीमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्नेबारे काँग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन्। 

    “काँग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, काँग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ । 

    प्रवक्ता शर्माले नेपाली काँग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै काँग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए । काँग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने बताए । 

काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने बताए भने पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले काँग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप