शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा सेनाद्वारा १९ जनालाई मृत्युदण्डको सजाय

शनिबार, २८ चैत २०७७, १४ : २१
शनिबार, २८ चैत २०७७

सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनले शुक्रबार जानकारी दिएको छ । गत फेब्रुअरी १ मा भएको सैन्य कू पछि यस्तो सजाय सुनाइएको यो पहिलो पटक हो ।

समाचारमा गत मार्च २७ मा याङ्गोनको उत्तरी ओकालापा जिल्लामा उक्त हत्या भएको बताइएको छ । सो जिल्लामा फौजी कानुन लागू गर्दै कोर्ट मार्सललाई सजाय सुनाउने अधिकार दिइएको छ ।

जननिर्वाचित सरकारलाई अपदस्थ गरेका सैन्य नेतृत्वले जनताले शान्ति चाहेका कारण म्यानमारमा आन्दोलन मत्थर हुँदै गएको र आगामी २ वर्षभित्र ताजा निर्वाचन गरिने समेत जानकारी दिएको छ । सैन्य नेतृत्वले प्रजातन्त्र पुनर्बहालीका लागि समयसीमा दिएको यो पहिलो अवसर हो ।

हालसम्म म्यानमारमा आन्दोलन दबाउने क्रममा सुरक्षाकर्मीले ६ सयभन्दा बढीको हत्या गरिसकेको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् । सेनाले हालसम्म २४८ जनाको मृत्यु भएको र प्रदर्शनका क्रममा स्वचालित हतियार प्रयोग नगरेको दाबी गरेको छ ।

द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स समूहले बिहीबारसम्म ४८ बालबालिकासहित ६१४ जनाले ज्यान गुमाइसकेको बताएको छ । समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा रहेका छन् ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप