बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा १२ फिट लामो किङ कोब्रा भेटियो

शनिबार, २८ चैत २०७७, १४ : ३१
शनिबार, २८ चैत २०७७

बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।

कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्म पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार ५०० मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फिट लामो र पाँच किलोग्रामको भएको बताए ।

सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उनले अनुमान गरे । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताए ।

सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापनसमेत गर्नुपर्ने माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप